माघ २० मा साम्राज्ञी र जितुको ‘ह्यारी की प्यारी’
चलचित्र ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण टिमले चलचित्रका तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत छन् ।
कमेडी जनराको चलचित्रको सार्वजनिक पोस्टरले जितु र साम्राज्ञीको रोचक केमेस्ट्री देखाएको छ । बिआर प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।
डाक्टर कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछन् ।
चलचित्रमा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
