मदनदास, कृष्ण र सहदेव हरितारा पुरस्कारबाट पुरस्कृत
२०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिएको छ। राजधानीमा आयोजित एक समारोहबीच श्रेष्ठ र मल्ललाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिएको हो । नेपाली फिल्म क्षेत्रको उत्थान, संरक्षण र पेसाकर्मीको हक–हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटकमार्फत महत्वपूर्ण योगदान पुर्याएबापत मदनदास र कृष्णलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
समारोहमा २०७६ सालको हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुंगानालाई प्रदान गरिएको छ । ४ दशकभन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला, संस्कृति एवं गीत–संगीत र फिल्म क्षेत्रको उत्थान गरेबापत गीतकार सहदेव ढुंगाना पुरस्कृत गरिएको हो । पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको छ ।
सोही समारोहमा २०७६ सालको श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही १० हजार रुपियाँ रहेको छ । त्यस्तै परिवर्तन सम्मान–२०७६ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक तथा अभिनेता विश्वदीप घिमिरे र निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेललाई सम्मानित गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
