‘हरितारा चलचित्र पुरस्कार तथा सम्मान’ वितरण

परिवर्तन नेपालको आयोजनामा नेपालका बरिष्ठ अभिनेत्रीसहित महिला सिनेमाकर्मीको आतिथ्यतामा हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा विभिन्न सिनेमाकर्मीलाई परिवर्तन नेपाल सम्मान समर्पण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली सिनेमाकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिष्मा मानन्धर, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेत्री रेजिना उप्रेती, सम्पादक तथा निर्देशक रक्षा सिंह राणा, सञ्चारकर्मी तथा निर्देशक सम्झना उप्रेती रौनियार, स्वर्गिग चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की तथा सिनेमाकर्मीहरू, मोहन निरौलाकी दिदी सावित्री कोइरालाले पुरस्कार र सम्मानित व्यक्तित्वलाई पुरस्कार तथा सम्मान वितरण गरेकी छन् ।
हरितारा चलचित्र पुरस्कारको संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न समारोहमा अभिनेत्री मिथिला शर्मा र सञ्चारकर्मी विदुर गिरीलाई जनही २५ हजार रुपैयाँको थैली सहित सम्मान(पत्र प्रदान गरिएको थियो । विसं २०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो सिनेमा पुरस्कार मानिन्छ । स्वर्गिय विजय राणाले स्थापना गरेको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोज शम्सेर जबरा र सदस्य सचिवमा सिनेमाकर्मी मोहन निरौला हुन् ।
समारोहमा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सिनेमाकर्मी मनोज केसी र अभिनेता विनोद श्रेष्ठलाई जनही १० हजार थैली सहितको सम्मान(पत्र र चेतन कार्की स्मृति पुरस्कार अभिनेता निर्देशक देश भक्त खनाललाई ११ हजार १ सय ११ रुपैयाँ सहितको सम्मान पत्र प्रदान गरिएको थियो । सोही समारोहमा नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान दिइएको थियो ।
सिनेमा क्षेत्रमा विशेष योगदान र्पुयाउने सिनेमाकर्मी निर्देशक मदन घिमिरे र ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह र श्रीदेव भट्टराईलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गरियो । समारोहमा अभिनेत्री शारदा गिरी, निर्देशक जनकराज खकुरेल र देवेन्द्र पाण्डे, मोडल तथ अभिनेत्री दिपाशा विसी, खेलाडी तथा कलाकार नन्दा बस्याल, रङ्गकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई परिवर्तन सम्मान अर्पण गरिएको थियो । उपरोक्त पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal