‘हरिबहादुरको जुत्ता’को पोष्टरमा यस्तो देखिए हरिबंश

२०८२ श्रावन १७
‘हरिबहादुरको जुत्ता’को पोष्टरमा यस्तो देखिए हरिबंश

चलचित्र ‘हरिबहादुरको जुत्ता’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य अभिनेता हरिवंश आचार्यलाई प्रस्तुत गरिएको छ ।

महसंचारको निर्माण रहेको हाँस्य श्रृंखला मदनबहादुर हरिबहादुर बाट चर्चित पात्र ‘हरिबहादुर’कै हुलिया र शैलीमा हरिबंशलाई प्रस्तुत गरिएको छ । स्टिलको बाकस बोकेका उनले पछाडि भिरेको झोलामा जुत्ता झुन्ड्याएका छन् । 

दशैंको फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन र हरिवंश आचार्य स्वयंको कथा तथा पटकथा रहेको छ । चलचित्रमा हरिवंशसहित स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । 

सरोज ओली र मोहितवंश आचार्यले संयुक्त रुपमा निर्माण गरेको चलचित्र एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपूतको संगीत तथा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईँको स्वर रहेको छ ।