Mansara

‘हामी तीन भाई’को गीत रेकर्डिङ

२०७८ पौष २१
‘हामी तीन भाई’को गीत रेकर्डिङ

कोरोना महामारीका बीच निर्माण घोषणा गरिएको चलचित्र ‘हामी तीन भाई’को गीत रेकर्डिङ आरम्भ गरिएको छ । साप शक्तिको संगीत रहेको गीतमा अस्मिता अधिकारी स्यवंम संगीतकार शक्तिले स्वर दिएका छन् । गीतलाई महाराज थापाले एरेञ्ज गरेका हुन् ।

मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । भने केही मुख्य कलाकार हाल छनोटको चरणमा छन् । प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता साजित महत हुन् ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा हिमाल केसीको द्धन्द्व निर्देशन, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटाको गीत रचना र मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ ।