डकुड्रामा ‘हामी छौं’को छायाँकन सुरु
डकुड्रामा ‘हामी छौं (सिजन १)’को सुटिङ सुरु भएको छ । रामजी राउत क्रिएटिभ डिरेक्टर रहेको डकुड्रामा ७ एपिसोडको हुने प्रस्तुतकर्ता शोभित बस्नेतले बताएका छन् । डकुड्रामामा सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा छ भने त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, अनिता गिरि र गणेश बुढाथोकीलगायतको पनि अभिनय छ ।
आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज हुने डकुड्रामा देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ निर्माण गरिएको प्रस्तुतकर्ता बस्नेतले जनाएका छन् । सलोन सलिना फिल्सम्को ब्यानरमा डकुड्रामाको निर्माण गरिएको हो ।
डकुड्रामामा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन र बन्दे प्रसादको सम्पादन छ । अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी र स्याङ्जा छायाँकन हुने डकुड्रामाको छायाँकन अवधी ४५ दिन रहनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
