मनकामनामा ‘हामी तीन भाई’को स्कृप्ट पुजा

मधुसुदन भट्टराईको निर्देशन रहने चलचित्र ‘हामी तीन भाई’को स्कृप्ट पुजा गरिएको छ । साउन १० गतेबाट छायांकनमा जाने चलचित्रको गोर्खाको मनकामना मन्दिरमा स्कृप्ट पुजा गरिएको हो । यसअघि सन् २००४ मा प्रदर्शन भएको चलचित्र ‘हामी तीन भाई’लाई स्वर्गीय शिव रेग्मीले निर्देशन गरेका थिए ।
चलचित्रमा अभिनेता विनोद न्यौपाने, कुशल बिष्ट र अभिनेत्री जाहान्वी बस्नेतको मुख्य भुमिका रहनेछ भने दुई अभिनेत्री छनोट अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक भट्टराईको कथा रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
प्रसिद्ध सिने आर्टस्को ब्यानरमा निर्माण हुने चलचित्रमा विनोद, कुशल र जाहान्वीका अलवा राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ । साजित महत प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता विक्रम तामाङ हुन् ।
त्रिरत्न श्रेष्ठ निर्माता रहेको चलचित्रका सहनिर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ, बिशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । चलचित्रमा शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत र बनिष शाहको सम्पादन रहने छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal