२० करोडभन्दा बढीको लागतमा ‘गोर्खा वारियर’

निर्माण शुरु हुनु अगावै चलचित्र ‘गोर्खा वारियर’को प्रचार थालिएको छ । नेपाली र अंग्रेजी भाषामा निर्माण हुन लागेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । नेपाली चलचित्रलाई विश्वव्यापी रुपमा चिनाउने उद्देश्यका साथ ‘गोर्खा वारियर’ निर्माण गर्न लागेको जनाएका मिलनले लण्डनमा पहिलो पटक डबल टेकर बसबाट प्रचार सुरु गरेका हुन् । उनका अनुसार प्रचारमा ५० वटा डबल टेकर बस प्रयोग गरिएको छ ।
लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रलाई प्रदिप भारद्वाजले लेखेका हुन् । चाँडै छायांकन सुरु हुने जनाइएको चलचित्रले बिर गोर्खालीहरुको कथा भन्नेछ । सन् २०२१ मा प्रदर्शन हुने चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुनसँगै हलिउड कलाकारहरुको पनि अभिनय रहने जनाइएको छ । यस फिल्मबाट रितेश चाम्सले नायकको रुपमा डेब्यू गर्दैछन् ।
५० प्रतिशत हलिउड प्राविधिकले काम गर्ने ‘गोर्खा वारियर’ निर्देशक चाम्सको ड्रिम प्रोजेक्ट हो । २० करोडभन्दा बढीको लागतमा निर्माण हुने चलचित्रको छायांकन यूके, अफगानिस्तान र नेपालमा गरिने छ ।
Latest Updates
-
विजय अभिनित ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक, कोरिया सपनाको कथा
-
‘शाम्बाला’ उत्कृष्ट चलचित्र, विजय र उपासना उत्कृष्ट अभिनेता/अभिनेत्री
-
-
-
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak