‘गुन्यु चोलोः द ड्रेस’को ट्रेलर सार्वजनिक
चलचित्र ‘गुन्यु चोलोः द ड्रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ ।
आफूभित्र रहेको लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ । सानैदेखि महिलाको पहिरन मन पराउने छोरोलाई बाउले लाउरे बनाउन जबरजस्ती दिएको दबाबाट कसरी ऊ बाहिर निस्किन्छ ट्रेलरमा देखाइएको छ ।
आफ्नो वास्तविक पहिचान लुकाएर बस्न नसक्ने अवस्थामा पुगेपछि घर छोड्न गरेको निर्णय र यसबीच आफ्नौ बुवाआमासँगै छिमेकी, आफन्त र साथीभाइले गर्ने व्यवाहार र दिने तनावलाई ट्रेलर प्रष्ट पारेको छ । चलचित्रको ट्रेलरमा मुख्य पात्र नाजिर हुसेनलगायत अन्य कलाकारलाई देख्न सकिन्छ ।
भदौ १३ गते रिलिज हुने चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । चलचित्रमा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय छ ।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।
चलचित्रमा आकाश बुढाथोकी र भि - भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
