चलचित्र ‘गोर्खे’को शीर्ष गीत सार्वजनिक
चलचित्र ‘गोर्खे’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘गोर्खे गोर्खे’ बोलको लिरिकल भिडियोमा गोर्खाली सैनिकको बहादुरी देखाइएको छ । गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द र शास शाक्यको स्वर र संगीत रहेको छ ।
सन्तोष ढकाल निर्देशित चलचित्रमा रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डि गुरुङको सम्पादन र छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ ।
निर्माण सम्पन्न भएको लामो समय भइसके पनि कोरोनाका कारण चलचित्र प्रदर्शनमा आउन सकेको थिएन । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाले निर्माण गरेको चलचित्र केही समयमा नै प्रदर्शन हुने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
