गोविन्दाको प्रमिस – नेपाली चलचित्र खेल्छु

बलिउड अभिनेता गोविन्दाले नेपाली चलचित्र खेल्ने इच्छा व्यक्त गरेका छन् । एलजी सिनेमा सर्कल फिल्म अवार्डमा सहभागी हुन नेपाल आएका अभिनेता गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो इच्छा व्यक्त गरेका हुन ।
नेपाली भाषामा बोल्न गरिएको आग्रहमा गोविन्दाले भनेका छन् – ‘म नेपाली भाषा सबै बुझ्छु ।’
नेपालीमै ‘अलि अलि आउँछ । कस्तो छ ?’ भनेका उनले पत्रकार माझ प्रमिस गर्दै भनेका छन् – ‘एकदिन नेपाली चलचित्र खेलेर तपाईको इच्छा पुरा गर्नेछु ।’ त्यसो त कुनै समय गोविन्दाले नेपालमा घर बनाएर बस्ने भन्ने खबर पनि बाहिरीएको थियो । नेपालमा बस्ने कुरालाई भने गोविन्दाले नकारेका छन् । यही प्रसंगमा गोविन्दालाई सोधिएको प्रश्नमा उनले भने – ‘मिडियामा त धेरै कुरा आएको थियो । मैले सुनिता (गोविन्दाकी श्रीमति)सँग सोधको पनि थिए यो कहाँबाट आयो भनेर ।’
पटक पटक नेपाल आएको भए पनि पहिलो पटक चलचित्रको कार्यक्रममा सहभागी हुन लागेको उनले जनाएका छन् । पत्रकार सम्मेलन मार्फत उनले आफुलाई माया गर्ने सम्पूर्ण नेपालीलाई धन्यबाद समेत व्यक्त गरेका ।
गोविन्दा आफ्नो सदाबहार स्टाइलमै पत्रकारहरु माझ प्रस्तुत भएका थिए । उनी निकै खुशी र उत्साहित समेत देखिन्थे ।
आफ्नी श्रीमती काठमाडौंकै भएकोले उसले जहाँ जहाँ लैजान्छीन त्यही त्यही घुम्ने गोविन्दाले जनाएका छन् । यद्यपी पशुपतिनाथको पुजा गर्ने कुरा भने उनले उल्लेख गरेका छन् ।
पहिले पहिले आमा र अहिले श्रीमतिको कुरा मान्ने भन्दै गोबिन्दाले आफ्नो सफलताको श्रेय सुनितालाई दिएका छन् ।
गोविन्दासँगै छोरी टिना पनि नेपाल आएकी छिन ।
गोबिन्दालाई एयरपोर्टमा सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसी र चौधरी ग्रुपका तर्फबाट बरुण चौधरीले स्वागत गरेका थिए ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal