Mansara

निशेध आज्ञा मै चलचित्रको शुभमुर्हुत

२०७७ भाद्र १७
निशेध आज्ञा मै चलचित्रको शुभमुर्हुत

चलचित्र ‘गोबर गणेश’ बने भएको छ । कल्याण अधिकारीको निर्देशनमा बन्ने उक्त चलचित्रको निशेध आज्ञाकै बिच शुभमुर्हुत गरिएको छ । भद्रकाली मन्दिरमा पूजा गरेर निर्माण गर्ने घोषणा गरिएको चलचित्र कोरोना स्थिति सामान्य भएपछि छायांकनमा जाने बताएको छ ।

एक्सन कमेडी जनरामा निर्माण हुने ‘गोबर गणेश’मा जयकिसन बस्नेत, सिएम भारद्वाज सुवेदी, मुनम मल्ल ठकुरी, भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई, टेकेन्द्र न्यौपाने, सम्पूर्ण सुनार, प्रेम दुध राज, देव गौतम, सुविन थिङलगायतको अभिनय रहनेछ ।

हरि कुमार कटुवालले निर्माण गर्ने चलचित्रमा राजु किराँतको द्वन्द्व, माधव भण्डारी र रिमेस कुमारको संगीत, अनिलकुमार महर्जनको सम्पादन र भोमन कटुवालको कथा तथा संवाद रहनेछ ।

Mahajatra