दिपकराज गिरी भन्छन् – भाद्र २३/२४ को आन्दोलन गलत प्रमाणित नहोस् !
फागुन २१ मा हुने निर्वाचन केन्द्रित हुँदै बिभिन्न दलहरु दर्ता हुने क्रम ह्वात्तै बढेको छ । पछिल्लो समय आशा लाग्दा अनुहारहरु एक ठाँउमा उभिनुको सट्टा आ–आफ्नै नेतृत्वमा दल दर्ता गरिरहेका छन् ।
बैकल्पीक राजनीतिको कुरा गर्नेहरुले आशा गरिएका अनुहारहरु एक ठाँउमा नउभिने हो भने परिणाम परम्परागत राजनीति गरिहेकै दलको पोल्टामा पर्न सक्ने चेतावनी दिइरहेका छन् । यस्तै मत अभिनेता दिपकराज गिरीले पनि सार्वजनिक गरेका छन् ।
बिभिन्न विषयमा आफ्नो टिप्पणी राख्न माहिर गिरीले यसपटक केही चेतावनी र केही सुझावपूर्ण विचार ब्यक्त गरेका छन् । शुक्रबार समाजिक सञ्जाल फेसबुक मार्फत उनले गत भाद्र २३ र २४ गते भएको आन्दालनको उपलब्धीलाई सुरक्षित गर्न नयांहरू एक ठांउमा आउनु पर्ने वा कमसेकम कार्यगत एकता गर्नु पर्नेछ बताएका छन् । अन्यथा नतिजाले पूराना दलकै पूनरागमन हुने र त्यसले उक्त आन्दोलनलाई गलत प्रमाणित गर्ने उनको भनाई छ ।
उनले लेखेका छन् –
चुनाबको चर्चा संगै नयां नयां दलहरू थपिने क्रम बढ्दो छ !
यदि २३ र २४ को बिद्रोह लाइ सहि साबित गर्ने हो भने नयांहरू एक ठांउमा आउनु पर्छ वा कमसेकम कार्यगत एकता गर्नु पर्नेछ अन्यथा उस्तै नतिजा र पूरानाहरूकै पूनरागमनले २३ र २४ लाइ गलत प्रमाणित गर्नेछ…..!
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
