चलचित्र ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक
असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरले एक युवाले बिहेको लागि गर्ने संघर्षको वरिपरि चलचित्रको कथा घुमेको संकेत गरेको छ । चलचित्रको ट्रेलरले ‘घरज्वाइँ’को कथासार बुझाउन सफल छ । सार्वजनिक ट्रेलरले दर्शकलाई चलचित्रप्रति कौतुहल्ता जगाउन सफल हुने विश्वास निर्देशक अनिल बुढामगरको छ ।
मगर समुदायको संस्कार तथा संस्कृतीमा आधारीत चलचित्रलाई विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने निर्माता जनक घर्ती मगरले बताए । हामीले ५ वर्ष लामो रिसर्च पश्चात चलचित्र निर्माण गरेकाले पनि टेक्निकल पक्षलाई उत्कृष्ट बनाउन सफल भएको निर्माता घर्ती मगरको दाबी छ ।
जिएम मूभीज र एबीएम चलचित्र प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
कृष्ण भन्डारीको सम्पादन रहेको चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
