चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक

चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रको टिजर आइतबार सार्वजनिक गरिएको हो ।
अनिल बुढा मगरको निर्देशनमा बनेको चलचित्रले घरज्वाइँ बस्नुपर्ने वाध्यताको कथा भनेको छनक टिजरले दिएको छ । चलचित्रमा दयाहाङ र मिरुनाका साथै शिशिर वाङ्देन, बुद्धि तामाङ, पुष्कर गुरुङ, भोलाराज सापकोटा, कविता आले, शिला आले, राज थापा, खड्कबहादुर पुन (खबपु), अनु थापालगायतको अभिनय छ । जनक घर्ती मगरको निर्माण रहेको चलचित्रको छायाँकन पूर्वी रुकुम जिल्लामा गरिएको हो ।
जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक मगरकै कथा, निर्देशक मगर सहित विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, सुशन प्रजापतिको छायांकन, हर्क साउद र राम अविरल विष्टको शब्द रचना र मनोज थापा र एसडी योगीको संगीत रहेको छ ।
Latest Updates
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak