दयाहाङ र मिरुनाले टुँडिखेलबाट सुरु गरे ‘घरज्वाइँ’को प्रचार
असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’ निर्माण टिमले व्यापक प्रचार प्रसारको सुरुवात गरेको छ । शनिबार अर्थात् असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर चलचित्रको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए ।
शनिबार भूमे पर्वको शुभारम्भ नेपाल सरकारका माननिय अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । सोही कार्यक्रममा सहभागी हुन ‘घरज्वाइँ’ टिमका तर्फबाट अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटा लगायत टुँडिखेल पुगेका थिए ।
चलचित्रको कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । आफु भोजपुरमा जन्मिएको राईको छोरो भएपनि पूर्वी रुकुमको एक मगर युवाको जीवन चलचित्रमा बाँच्न पाएको र आफुले यो कारेक्टरलाई न्याय दिने दिलोज्यान लगायकाले सवैलाई मन पर्ने विश्वास व्यक्त गरेका थिए । यो चलचित्र मगर समुदायमा आधारित भएतापनि सम्पुर्ण नेपाली चलचित्रप्रेमी दर्शकलाई मन पर्ने बताए ।
चलचित्रकी मुख्य अभिनेत्री मिरुना मगरले आफु सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न पाएको थिइन् । ‘घरज्वाइँ’ले आफुलाई यो अवसर जुराएको भन्दा निर्माता जनक घर्तीमगर र निर्देशक अनिल बुढामगरलाई धन्यवाद दिइन् । मिरुनाले आफु पूर्वेली मगर भएकाले पनि पश्चिमको संस्कार र संस्कतिको बारेमा बुझ्ने इच्छा थियो । यो अवसर ‘घरज्वाइँ’ले जुराएको छ । आफुले चलचित्रको पात्रको रुपमा आफ्नो संस्कार र संस्कृतिलाई देश तथा विदेशमा चिनाउने अवसर पाएकोमा खुशी व्यक्त गरिन् ।
यस्तै भूमे पर्वमा प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले पनि चलचित्रले दर्शकको मन जित्ने विश्सास व्यक्त गरेका थिए । निर्देशक अनिल र निर्माता जनकले लामो समयदेखि आफुहरुले यस्तो खालको चलचित्र निर्माण गरिरहेको र सो चलचित्रमा दयाहाङ र मिरुनालाई अभिनय गराउने कुरा गदाई आफुले नपत्याएको समेत बताए ।
‘आज आफ्नै अगाडी दयाहाङ र मिरुना चलचित्र प्रचारको लागि आएको देख्दा निकै खुशी लागेको भन्दै दुवै जना भर्सटायल कलाकार रहेकाले आगामी दिनमा अझै सफलताको मेरो तर्फबाट दिन चाहान्छु’, अर्थमन्त्री पुनले भने, ‘केही समयअघि दयाहाङ जी जारी चलचित्रमा लिम्बु समुदायको प्रतिनिधि पात्र भएर मिरुना जीलाई तान्दै हुनुहुन्थ्यो । अहिले हामी मगर समुदायको घरज्वाइँ बन्नु भएको छ । आगामी दिनमा हरेक नेपाली समाजलाई जोड्ने चलचित्रमा अभिनय गर्दै जानु होला मेरो शुभकामना छ ।’
जिएम मूभीज र एबीएम चलचित्र प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
असार २८ गते प्रदर्शनमा आउने ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन ९खबपु०, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।
चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने चलचित्रको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले चलचित्रको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
