सकियो दयाहाङ र मिरुना अभिनित ‘घरज्वाँइ’ को छायांकन
चलचित्र ‘घरज्वाँइ’ को सम्पूर्ण छायांकन सकिएको छ। चलचित्रको छायाँकन एक महिनामा सकिएको हो । गत फागुन ५ गतेबाट रुकुममा सुरु भएको छायांकन हिजो ४ चैत्रमा सकिएको हो । पूर्वी रुकुमको लुगुम,तक्सेरा लगायतका रमणीय स्थानमा खिचिएको चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भुमिकामा छन् । जनक घर्ती निर्माता रहेको चलचित्रको निर्देशक अनिल बुढा मगर हुन् ।
सामाजिक कथामा आधारित चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगरको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, खड्ग बहादुर पुन (खबपु), विवेश बुढामगर, सुनिल मगर लगायतको अभिनय रहनेछ।
निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाले चलचित्रको कथा लेखेका हुन्। फिरोज खड्का सहायक निर्देशन रहेको चलचित्रमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
