‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’ सार्वजनिक
हिट जोडी दयाहाङ राई र मिरुना मगर अभिनित ‘घरज्वाइँ’को ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा एसडी योगीको संगीत, राम अविरल बिष्टको शब्द र संगीतकार योगीकै स्वर रहेको छ । प्रेमिल शैलीको यो गीतमा प्रमुख अभिनेता दयाको अभिनेत्री मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ । भिडियोमा दया र मिरुनाको प्रेमरसायन ताजगीपुर्ण लाग्छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल हो ।
अनिल बुढामगरको निर्देशन रहेको चलचित्र असार २८ गतेबाट प्रदर्शन हुँदैछ । जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जनक घर्ती मगर हुन् ।
पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक मगरकै हो । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । सुसन प्रजापतिको छायाँकन रहेको चलचित्रमा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
चलचित्र एसडी योगी तथा राम अविरल विष्टका अलावा हर्क साउदको गीत र मनोज थापाको समेत संगीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
