‘घरजम’को बिशेष शो सम्पन्न
चलचित्र ‘घरजम’को बिशेष शो सम्पन्न भएको छ । राजधानिको बिग मुभिजमा सम्पन्न बिशेष शोमा चलचित्र हेरेका दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
मौसम लिम्बुद्धारा निर्देशित चलचित्र लिम्बु संस्कृतिमा आधारित रहेको छ । निर्देशक लिम्बुले दर्शकबाट प्राप्त प्रतिक्रियाले आफुहरु उत्साहित भएको जनाएका छन् । लिम्बुले देशका केही स्थानहरुमा बिशेष शोको आयोजना भइरहेको र निकट भविष्यमै चलचित्रको सार्वजनिक प्रदर्शन गरिने समेत जनाएका छन् ।
चलचित्रमा बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रबि शेर्मा, कुशल थलङ, सुस्मा सुब्बालगायत कलाकारहरुको अभिनय रहेको छ ।
रेमियो फिल्मस प्रा. लि. को ब्यानरमा बनेको चलचित्रका निर्माता सिता तुम्बापो पन्धाक र किशोरकुमार पन्धाक हुन् भने तेज लिम्बु सह निर्माता हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
