चलचित्र ‘घर ज्वाइँ’को क्यारेक्टर लुक्स सार्वजनिक
चलचित्र ‘घर ज्वाइँ’को दुई क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । अनिल बुढा मगर निर्देशित चलचित्रको एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका साथ डोकोहरु बोकेर हिडिरहेको देखिन्छ ।
पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरुमा करिव एक महिना छायांकन गरिएको चलचित्रको निर्माता जनक घर्ती मगर हुन । निर्देशक अनिल बुढाको कथा रहेको चलचित्रको पटकथा र संवाद लेखनमा उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
सुसन प्रजापतिको छायाँकन रहेको चलचित्रमा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतको अभिनय छ ।
असार २८ गते प्रदर्शन हुने चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द, संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
