अमेरिकामा छायाँकन गरिएको ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक, सिचुएशनल कमेडी–ड्रामा
पछिल्लो समय अमेरिकामा रहेका नपाली चलचित्रकर्मीहरु चलचित्रकर्ममा सक्रिय रहन थालेका छन् । म्युजिक भिडियो र छोटा चलचित्र मात्र होइन फिचर चलचित्र र वेव सिरिज निर्माणमा पनि नेपाली चलचित्रकर्मीको सक्रियता बढ्दै छ ।
यसै क्रममा अमेरिकामै रहेका नायक विमलेश अधिकारीको निर्देशनमा वेव सिरिज ‘घर बट् इन अमेरिका’ निर्माण गरिएको छ । वैशाख दोस्रो साताबाट रिलिज हुने वेव सिरिजको ट्रेलर काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा सार्वजनिक हुने सिरिजको ट्रेलरले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा झल्काएको छ । सिचुएशनल कमेडी–ड्रामा विधामा आधारित सिरिजले अमेरिका पुगेका नेपाली अभिभावक र लिभ–इन रिलेसनशिपमा रहेकी छोरीबीचको सम्बन्ध र त्यहाँको जीवनशैलीलाई उजागर गर्छ ।
१२ वटै एपिसोड लामो सिरिजको सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको हो । सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको सिरिज का १२ वटै एपिसोड एक दिन स्ट्रिमिङ हुनेछन् ।
ट्रेलर सार्वजनिक समारोहमा सिरिजका निर्देशक तथा प्रमुख कलाकार बिमलेश अधिकारीले सिरिज निर्माणको उद्देश्यबारे जानकारी दिँदै भने – ‘नेपालीहरू अमेरिकामा बस्दै गर्दा हाम्रो जीवनमा के कस्ता घटना घट्छन्, कस्तो जीवनशैली हुन्छ भन्ने कुरा पर्दामा देखाउनु आजको आवश्यकता हो भन्ने महसुस गरेर यो सिरिज बनाइएको हो।’ उनका अनुसार, सिरिजले दर्शकलाई मनोरञ्जनका साथै आत्म–पहिचान र प्रवासी जीवनका यथार्थतासँग पनि जोड्नेछ ।
नेपाली दर्शकहरूका लागि पहिलो व्यावसायिक सिरिजका रुपमा ओटीटी प्लेटफर्ममार्फत रिलिज हुन लागेको ‘घर बट् इन अमेरिका’ मार्फत अधिकारीसँगै अभिनेत्री अरुणिमा लम्साल पनि अभिनयमा फर्किएकी छन् । उनी झन्डै १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी हुन् । यसका अन्य प्रमुख कलाकारमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा रहेका छन् ।
रोशन घिमिरे निर्माता रहेको सिरिजमा सुमित्रा अधिकारी र कुमारी घिमिरे सह–निर्माताका रूपमा जोडिएका छन् । कथा, पटकथा र संवाद लेखन विवेक चम्लागाईंले गरेका हुन् । सम्पादन मित्र डि गुरुङ, रङ्ग संयोजन कपिल पराजुली, छायाङ्कन निर्देशक विक्रान्त मान श्रेष्ठ, साउन्ड डिजाइन अमित श्रेष्ठ, ब्याक ग्राउन्ड स्कोर विषम आचार्य, मेकअप आर्टिस्ट अप्सरा कटुवाल र सपना डङ्गोल, पोस्टर डिजाइन शान थापा र पोस्ट प्रोडक्सन नेपलिज हेन्डस्ले गरेका छन् । सहायक सम्पादनमा सुदिप पाण्डे र मिलन शाह, सहायक छायाङ्कनमा विशाल मान श्रेष्ठ र पशुपति बस्याल रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
