चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा
चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसी अभिनित चलचित्र शुक्रबारबाट नियमित प्रदर्शनमा आएको हो ।
प्रदर्शनको पूर्वसन्ध्यामा बिहिबार चलचित्रको प्रिमियर गरिएको थियो । प्रिमियरमा उपस्थित चलचित्रकर्मी र पत्रकारबाट चलचित्रले सुखद प्रतिक्रिया पाएको छ ।
औसत प्रचार प्रसारका बिच प्रदर्शनमा आएको चलचित्रले मल्टिप्लेक्स हलमा न्युन शो पाएको छ, भने सिंगल स्क्रिन तर्फ प्रशस्त हल आफ्नो पोल्टामा पार्न सफल छ । पैसा कमाउने चक्करमा लागेका युवाको कथामा आधारित चलचित्रमा हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ताको रुपमा रहेका छन् ।
कमेडी जनराको चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सहनिर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।
सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
