Mahajatra

नेपाल भाषामा ‘घनचक्कर’को प्रोमोसनल गीत

२०७९ जेष्ठ २६
नेपाल भाषामा ‘घनचक्कर’को प्रोमोसनल गीत

असार १० गतेबाट रिलिजको तयारीमा रहेका सिनेमा ‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । सार्वजनिकमा गीतमा सिनेमा मुख्य पात्रबीचको प्रेम र पौसा चक्कर देखाइएको छ ।

बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको सिनेमामा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

सिनेमामा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सहनिर्माताको रुपमा रहेका छन् । सिनेमामा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

सुसन प्रजापति खिचेको सिनेमामा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।