Mahajatra

‘घनचक्कर’ को दोस्रो गीत ‘दाईको सालो’ सार्वजनिक

२०७५ मंसिर ९
‘घनचक्कर’ को दोस्रो गीत ‘दाईको सालो’ सार्वजनिक

चलचित्र ‘घनचक्कर’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । आइतबार भिडियो साझेदारी साइट युट्युव मार्फत ‘दाईको सालो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा नवअभिनेत्री कश्मिरा लामासँग दुई अभिनेता सलोन बस्नेत र नरेन खड्काले कम्मर मर्काएका छन् । विपिन आचार्यको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा राजेश पायल राई र मान्डवी त्रिपाठीको स्वर छ । चलचित्रमा अभिनेता सौगात मल्ल, सरोज खनाल, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगरलगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा सुशन प्रजापतिको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको छ ।