‘जन्ते बाख्रो’को गीत ‘घामै राजा’ सार्वजनिक
चलचित्र ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको छ । गीतमा कलाकारहरु सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् भने अन्त्यमा अभिनेता आशिफ शाहलाई पनि सप्राइजको रुपमा देखाइएको छ ।
सिमोस सुनुवारको निर्देशन रहेको चलचित्र आगामी जेठ ९ गते रिलिज हुनेछ । यसअघि फर्स्लुक सार्वजनिक गर्दै जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको भएपनि अब दुई हप्ता अगावै चलचित्र रिलिज हुने जनाइएको छ ।
निर्माता सन्तोष गौतमले अभिनेता सौगात मल्लको अर्को चलचित्र ‘भाईरल गोर्खे’ अर्को हप्ता नै प्रदर्शन आउने भएकाले टाइम ग्यापको लागि दुई हप्ता प्रि–पोण्ड गरिएको बताए । चलचित्र नेपाल र विदेशमा एकै दिन रिलिजको तयारीमा आफु रहेको उनको भनाई छ ।
निर्देशक सुनुवारले आफ्ना अघिल्ला चलचित्रको गल्ती कमजोरी ‘जन्ते बाख्रो’मा सुधार गर्दै दर्शकमाझ एउटा राम्रो चलचित्र पस्किने तयारी गरेको बताए ।
यता अभिनेत्री गरिमा शर्माले आफु पहिलो पटक मुख्य भूमिकामा देखिएकाले केही उत्साहित र केही नर्भस फिल भएको बताइन । चलचित्रमा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
