चलचित्र ‘घामड शेरे’को गीत सार्वजनिक

चलचित्र ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘साली मन पर्यो’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटा र अस्मिता अधिकारीको स्वर, बाँस्कोटाकै शब्द, संगीत, प्रदीप लामाको कोरियोग्राफी छ । गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचर गरिएको छ ।
हेमराज बिसी निर्देशित चलचित्रमा निश्चल र स्वस्तिमाका अलावा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भूमिकामा देख्न सकिनेछ ।
कार्तिक ८ गते प्रदर्शन हुने कमेडी जनराको चलचित्रमा कथा र पटकथा निर्देशक बिसीकै रहेको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा हेमराज बिसीले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । नरेन्द्र विक्रम बुढा क्षेत्री चलचित्रका कार्यकारी निर्माता हुन् ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal