प्रदर्शन मिति तय गर्दै ‘घामड शेरे’ फर्स्टलुक सार्वजनिक
चलचित्र ‘घामड शेरे’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । हेमराज बिसी निर्देशित चलचित्रको पोस्टरमा मुख्य कलाकार निश्चल बस्नेतलाई मात्र स्थान दिइएको छ । पोष्टरसँगै निर्माण युनिटले कार्तिक ८ गतेका लागि चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ ।
चलचित्रमा कथा र पटकथा निर्देशक बिसीकै रहेको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा हेमराज बिसीले निर्माण गरेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको छ । निश्चल र स्वस्तिमाका अलवा चलचित्रमा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय रहेको छ भने गौरी मल्ल बिशेष भुमिकामा देखिदैछन् ।
चलचित्र ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतमा एकसाथ नृत्य गरेपनि निश्चल र स्वस्तिमाले दुइृ मुख्य पात्रका रुपमा स्कृन सेयर गरेको यो पहिलो चलचित्र हो ।
चलचित्रमामा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । नरेन्द्र विक्रम बुढा क्षेत्री चलचित्रका कार्यकारी निर्माता हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal