‘घामड शेरे’को दोस्रो ट्रेलर सार्वजनिक

चलचित्र ‘घामड शेरे’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक ट्रेलरमा समावेश दृष्य सहितका केही नयाँ दृष्यहरु दोस्रो ट्रेलरमा समेटिएको छ । सोसियल कमेडी जनराको चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरले दर्शकको मन खिच्न सक्छ ।
चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भूमिकामा देख्न सकिनेछ ।
कार्तिक २२ गतेबाट प्रदर्शन हुने चलचित्रमा कथा र पटकथा निर्देशक हेमराज बिसीकै रहेको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा हेमराज बिसी र सिमोस सुनुवारले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । नरेन्द्र विक्रम बुढा क्षेत्री चलचित्रका कार्यकारी निर्माता हुन् ।
Latest Updates
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak