गोवामा गीत गजलको छायाँकन
भारतको गोवामा चलचित्र गीत गजलको छायाँकन भइरहेको छ । चलचित्रमा समावेश एक गीतको हाल गोवामा धमाधम छायाँकन भइरहेको हो ।
निर्देशक नितिन चन्द निर्देशित चलचित्रको छायाँकन भइरहेको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिदै छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर रहेको छ भने निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रलाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन । गीत गजलमा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खानलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
