चलचित्र ‘गीत गजल’को इन्डक्ल्याप
सांगीतिक प्रेमकथालाई समेटिएको चलचित्र ‘गीत गजल’को इन्डक्ल्याप गरिएको छ । ‘जोनी जेन्टलम्यान’बाट चलचित्र निर्देशनमा ‘डेब्यु’ गरेका नितिन चन्दले ‘गीत गजल’को निर्देशन गरेका छन् । चलचित्रमा रुप पोखरेल र आरोही सिंह प्रमुख भूमिकामा छन् । रुप र आरोहीको यो ‘डेब्यु’ चलचित्र हो ।
आरोहण क्षेत्रीले निर्माण गरेको चलचित्रमा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनालीलगायतको पनि अभिनय छ । यसै वर्षको अन्त्यमा रिलिज हुने भनिएको चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ ।
निर्माता आरोहणले फिल्म निर्माणमा कुनै कमी हुन नदिएकाले फिल्म उत्कृष्ट बनेको दाबी गरे ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
