चलचित्र ‘गीत गजल’को पहिलो गीत सार्वजनिक
चलचित्र ‘गीत गजल’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘छ कि छैन् तिमिलाई थाहा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत, अन्जु पन्त र सुरेश लामाको स्वर र नितिन चन्दको कोरियोग्राफी रहेको छ । भारतको गोवा र नेपालमा छायाँकन गरिएको उक्त गीतमा चलचित्रका मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिएको छ ।
नितिन चन्दको निर्देशन रहेको चलचित्रमा रुप पोखरेल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको अभिनय रहेको छ ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा र संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ ।
चलचित्रको प्रदर्शन मिति असोज २४ गतेलाई तय गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
