आगामी दशैंको फूलपातीमा ‘गाउँ नै रमाइलो’

दिनेश राउतको निर्देशन रहो चलचित्र ‘गाउँ नै रमाइलो’ आगामी वर्षको दशैंको फूलपातीमा प्रदर्शन गरिने भएको छ । मंगलबार निर्माता हिमाल कडरिया र चलचित्र वितरक कम्पनी आरआर फिल्म्स बिच उक्त मितिमा चलचित्र प्रदर्शन गर्ने सहमति भएको हो । सुपरस्टारद्वय दयाहाङ राई र आर्यन सिग्देलले तेस्रोपटक एकसाथ काम गर्न लागेकोले पनि यो चलचित्र प्रतिक्षित मानिएको छ ।
विकास सुवेदीको लेखन रहने चलचित्रले गाउँ केन्द्रित कथा प्रस्तुत गर्नेछ । क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण हुने चलचित्रमा दयाहाङ र आर्यनबाहेक अरु कलाकारको टुंगो लागेको छैन । स्रोतका अनुसार, चलचित्रको मुख्य भुमिकामा लागि अर्का एक नायकसँग पनि कुराकानी भइरहेको छ ।
निर्देशक राउतले ‘गाउँ नै रमाइलो’भन्दा अगाडि आफ्नो नयाँ ‘पूजार सार्की’को छायांकन पूरा गर्नेछन् ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung