राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’ सार्वजनिक
गरे स्वदेशमै सफल हुन सकिन्छ भन्ने सन्देश बोकोको गीत ‘गाउँले ठिटो’ सार्वजनिक गरिएको छ । महानायक राजेश हमालको स्वर रहेको गीत विदेशिएका नेपालीलाई स्वदेशमा भएका अवसरहरु प्रति अकर्षित गर्ने भावको छ । गीतको भिडियोले पनि यस्तै सन्देश दिएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
देबेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा हमाल स्वयम्को अभिनय रहेको छ । विदेश गएर फर्केका हमालले गाँउमै कृषीकर्म गरेर सफल भएको कथा भिडियोमा देखाइएको छ । कृर्षि फार्म सञ्चालन गरेर सफल भएको युवाको भूमिका मार्फत गरे स्वदेशमै सफल हुन सकिन्छ भन्ने सन्देश दिइएको छ । भिडियोमा उत्सव दहालको छायाँकन र बिकास दाहालको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
