चलचित्र ‘गरुड पुराण’को गीत सार्वजनिक

चलचित्र ‘गरुड पुराण’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘म त पिरिम मा’ बोलको गीतमा निश्चल बस्नेत, कार्म, प्रिंयका सिंह ठकुरी र अञ्जली योञ्जनले नृत्य गरेका छन् । प्रिंयकाले यसै चलचित्रबाट अभिनयमा डेव्यु गरेकी हुन भने निश्चल यो गीतमा मात्र प्रस्तुत भएका हुन ।
सार्वजनिक गीतमा कोशिस क्षेत्रीको संगीत, निर्देशक दिनेश राउतको शब्द तथा कोशिस र मनिषा पोखरेलको स्वर छ । गीतमा रेनेशा वान्तवा राईको कोरियोग्राफी छ । सुवास कोईरालाले निर्देशन गरेको चलचित्रमा कार्म र प्रिंयकाका अलवा नाजिर हुसेन, कामेश्वर चौरासिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, बसन्त भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।
अजित प्रजापती र अशोक गौतमको निर्माण रहेको चलचित्रमा आकाश बराल, बिनोद खतिवडा र निर्देशक सुवास कोईरालाको पटकथा तथा संवाद, कसम नेपालको कथा, सुसन प्रजापतीको छायाँकन र उज्वल ढकालको सम्पादन रहेको छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi