चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त

२०८२ भाद्र ३
चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त

चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । क्यामेरा पूजा गर्दै लिइएको मुहूर्त सटमा कलाकारहरु केदार घिमिरे (माग्ने बुढा)ले नरिवल फोडेका थिए भने रवि गिरीले क्लयाप हानेका थिए ।

चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ । काठमाडौंबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ । करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रमा वर्षा सिवाकोटी, मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायतको अभिनय रहनेछ ।

चलचित्रमा योगेश काजी शाहको बीजीएम, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।