आगामी दशैंमा थपियो अर्को चलचित्र ‘फनफनी घुमेर’
‘जेरी अन टप’को छायांकन नसकिँदै निर्माता सरोज न्यौपानेले अर्को चलचित्र ‘फनफनी घुमेर’ निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत चलचित्रको टाइटल पोष्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माणको घोषणा गरेका हुन् । साथै चलचित्रलाई आगामी वर्षको दशैंमा प्रदर्शन गर्ने समेत उनले जनाएका छन् ।
अनन्या फिल्म्सको प्रस्तुति रहने चलचित्रको निर्मातामा भविष्य खडका पनि छन् । शीर्षकबाटै चलचित्र कमेडी जनराको भएको खुले पनि विषयवस्तुबारे केही जनाइएको छैन । साथै चलचित्रका कलाकार र प्राबिधिक बारे समेत जानकारी सार्वजनिक गरिएको छैन ।
‘फनफनी घुमेर’सहित आगामी दशैंलाई ‘महाराजधिराज’, ‘माइतीघर’ र ‘परालको आगो’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यस्तै अशोक शर्मा र विराज भट्ट पनि आगामी दशैंमा चलचित्र रिलिज गर्ने तयारीमा छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
