Mansara

प्रदर्शनमा आयो ‘फूलबारी’, प्रिमियरमा मिल्यो उत्साहजनक प्रतिक्रिया

२०७९ फागुन ५
प्रदर्शनमा आयो ‘फूलबारी’, प्रिमियरमा मिल्यो उत्साहजनक प्रतिक्रिया

चलचित्र ‘फूलबारी’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले रिलिजको पूर्वसन्ध्यामा बिहीबार प्रिमियर गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रले प्रिमियरमा उपस्थित चलचित्रकर्मी र पत्रकारबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । चलचित्र हेरिसकेपछि उपस्थित चलचित्रकर्मी र पत्रकारहरुले हरेक पक्षको प्रशंसामा गरेका छन् ।

अभिनेत्री निशा अधिकारीले चलचित्रले परिवार र छिमेकीको महत्त्वलाई बुझाउने भन्दै एकपटक स–परिवार चलचित्र हेर्नै पर्ने जनाइन । उनले परिवारमा बसेर पनि आफुले भुलेका कयौं कुरा चलचित्रले सम्झाइदिने प्रतिक्रिया दिएकी छिन । अभिनेता बिपिन कार्कीको प्रसंसा गर्दै निशाले अभिनयको आधारमा उनले नेपालमा ओस्कर ल्याउन सक्ने बताइन । यस्तै निर्देशक दिपेन्द्र के खनालले पनि चलचित्रको खुलेरै तारिफ गरेका छन् । एउटा पूर्ण पारिवारिक कथाको चलचित्र बनेको भन्दै उनले टुटेका सम्बन्धहरुलाई जोड्न चलचित्रले प्रेरित गर्ने बताएका छन् ।

निशा र दिपेन्द्र मात्र होइन प्रिमियरमा चलचित्र हेर्न पगेका अधिकांश चलचित्रकर्मी र पत्रकारहरुले यसको संसा गरेका छन् । कतिपय त चलचित्र हेरेर आशु थाम्न नसकेको अवस्थामा देखिएका थिए ।

चलचित्रा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, अरुणा कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ, गौमाया गुरुङलगायतको अभिनय रहको छ । चलचित्रमा कमल किशोर मलपानीको कथा, उपेन्द्र सुब्बाको पटकथा, कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत, जोस हेरमको छायांकन छ । 

पारिवारिक कथाको चलचित्रले अभिभावकप्रति सन्तानको दायित्व र कर्तव्य के हो भन्ने बोध गराउँछ । मल्टिप्लेक्समा शुक्रबार बिहानी शोमा सुखद ब्यापार गरेको चलचित्रको माउथ पब्लिसिटीका आधारमा ब्इापार बढ्ने अपेक्षा गरिएको छ ।