शुक्रबाबाट ‘के घर के डेरा’ र ‘नालापानी’ प्रदर्शन
आजबाट दुई चलचित्र ‘के घर के डेरा’ र ‘नालापानी’ले प्रदर्शनमा आएका छन् । दुई चलचित्र मध्ये ‘के घर के डेरा’ले मल्टीप्लेक्समा उच्च शो पाएको छ भने भने ‘नालापानी’ले अत्यन्त न्यून शो पाएको छ ।
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ । के घर के डेराको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।
यस्तै सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईमाथि ‘नालापानी’ निर्माण भएको हो । चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
