फ्राइडे रिलिज : चलचित्र निर्जला, रिलिजको पूर्व सन्ध्यामा च्यारिटी शो सम्पन्न

आजबाट चलचित्र निर्जला प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशनमा बनेको चलचित्रमा शुभेच्छा थापा, किशोर खतिवडा, निक शर्मा, प्रकाशचन्द्र न्यौपाने, राजु गिरी, शुरबिर पण्डित, रश्मी भट्टलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।चलचित्रलाई प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् ।
त्यसो त हरेक साता दुई वा सो भन्दा बढी चलचित्रहरु प्रदर्शन भइरहेको समयमा निर्जलाले एकल रिलिजको अवसर पाएको हो ।
पछिल्लो समय अन्य व्यवसायमा सक्रिय व्यवसायिहरु समेत चलचित्र प्रति आकर्षित भइरहेका छन् । निर्माता प्रकाशचन्द्र न्यौपाने पनि अन्य व्यवसायमा स्थापित व्यक्ति हुन । पहिले देखि नै चलचित्र प्रति रुचि भएका कारण निर्जलामा लगानी गरेको उनको भनाई छ । चलचित्रबाट आशाबादी देखिएका प्रकाशले निर्जलामा अभिनय समेत गरेका छन् । आफुलाई चलचित्रको कथा मन परेकोले निर्माणमा आएको उनको भनाई छ ।
यता निर्देशक राजु गिरी पनि आफुले अघिल्ला चलचित्रहरुमा भन्दा निर्जलामा निकै मेहनत गरेको भन्दै आशाबादी देखिएका छन् । उनका अनुसार चलचित्रले बैदेशिक रोजगारीको कथा भन्छ । दशैंको अवसर पारी रिलिज भएको चलचित्रमा दशैंको गीत समेत समावेश गरिएको छ ।
रिलिजको पूर्व सन्ध्यामा राजधानीको विग मुभिजमा चलचित्रको च्यारिटी शो समेत गरिएको छ । जहाँ केही चलचित्रकर्मीहरु समेत उपस्थित थिए । चलचित्र हेरिसकेपछि उपस्थित दर्शक तथा चलचित्रकर्मीहरुबाट सकारात्मक प्रतिक्रिया मिलेको निर्माता न्यौपानेले जनाएका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal