Mansara

कमेडी जनराको ‘चौका दाउ’ र एक्सन जनराको ‘भिलेन’ रिलिज

२०७५ पौष २७
कमेडी जनराको ‘चौका दाउ’ र एक्सन जनराको ‘भिलेन’ रिलिज

शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । पुणेन्द्रु झा निर्देशित ‘चौका दाउ’ र देवेन्द्र पाण्डे निर्देशित ‘भिलेन’ एकसाथ प्रदर्शनमा आएका हुन । चौका दाउ कमेडी जनराको चलचित्र हो भने भिलेन एक्सन लभस्टोरी चलचित्र हो ।

चौका दाउमा सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयव शाह, वर्षा राउत, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको कथा रहेको चलचित्रलाई अभिमन्यु निरवीले लेखेका हुन । दिर्घ गुरुङको छायाँकन, मित्र डि. गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी रहेको चलचित्रलाई सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण गरेका हुन ।

यता भिलेनमा एक्सन स्टार निखिल उप्रेतीको लिड रोल रहेको छ । उनका अलवा चलचित्रमा सिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय छ । कपिल स्वयं चलचित्रका प्रस्तुतकर्ता हुन । तराई र पहाडको प्रेमको द्वन्द्वत्मक कथालाई देखाइएको चलचित्रमा निखिलको एक्सन अवतारले दर्शकको ध्यान तान्ने विश्वास लिइएको छ ।

Mahajatra