फ्राइडे रिलिज : इन्टु मिन्टु लन्डनमा, बाँध मायाले र धूम ३
फ्राइडे रिलिज अन्र्तगत यो साता एकसाथ ३ चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारबाट इन्टु मिन्टु लन्डनमा, बाँध मायाले र धूम ३ एकसाथ रिलिज भएका हुन ।
इन्टु मिन्टु लन्डनमा कोरियोग्राफर रेनेशा वान्तवा राईको डेब्यु निर्देशनमा बनेको चलचित्र हो भने भने बाँध मायाले सविर श्रेष्ठ र धूम ३ लाई जयकिशन बस्नेतले निर्देशन गरेका छन् ।
इन्टु मिन्टु लन्डनमा रोमान्टिक प्रेमकथामा बनेको चलचित्र हो । प्रज्वल शमशेर जबरा र रेनेशा वान्तवा राईको कथा रहेको चलचित्रमा आभाष कर्मचार्य र रेनेशा वान्तवा राईकै संवाद रहेको छ। आइकोर फिल्मसको ब्यानरमा प्रज्जवल शमशेर जबरा र प्रभु शमशेर जबराद्वारा निर्देशित चलचित्रमामा धिरज मगर, सारुक ताम्राकार, साम्राज्ञी राज्यलक्ष्मी शाह, रुबी राणा, अर्जुन श्रेष्ठ, विजय लामा, विवेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाईंलगायतका कलाकारको अभिनय रहेको छ । वसन्त सापकोटा, संजिल कर्माचार्य, हर्कुलेस बस्नेत र स्वप्न सुमनको संगीत रहेको चलचित्रलाई शैलेन्द्रध्वज कार्कीले छायाँकन गरेका हुन भने कृष्ण भण्डारीको सम्पादन रहेको छ।
यस्तै चलचित्र बाँध मायाले भावनात्मक प्रेम कथामा आधारित रहेको बताइएको छ । चलचित्रमा सृष्टि श्रेष्ठ, आर्यन अधिकारी, नवअभिनेता किशोर खड्का, राजाराम पौडेल, रवीन्द्रप्रताप सेन, विशाल चाम्लिङलगायतका कलाकारको अभिनय रहेको छ । रामहरि धिताल र विभीषिका श्रेष्ठद्वारा निर्मित चलचित्रमामा केदार धिताल कार्यकारी निर्माता र महेन्द्र अधिकारी सहनिर्माता रहेका छन् । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, बाबु श्रेष्ठको छायाँकन र राजु ढुंगानाको सम्पादन रहेको छ।
यस्तै फ्राइडे रिलिज अन्र्तगतको अर्को चलचित्र धूम ३ मा जयकिशन बस्नेतको लेखन निर्माण तथा निर्देशन रहेको हो । चलचित्र कमेडी जनराको हो । जयकिशन बस्नेतको साथमा एलिना रायमाझी, प्रज्वल गिरी, लय संग्रौला, शोभित बस्नेत, उत्तम केसी, शुरवीर पण्डित, सिमरन कार्कीलगायतले धूम ३ मा अभिनय गरेका छन् । चलचित्रमा टंक बुढाथोकी र ओम सुनारको संगीत, हिमाल केसीको द्वन्द्व, जीवन श्रेष्ठको छायाँकन तथा तुलसी बास्कोटाको सम्पादन रहेको छ।
इन्टु मिन्टु लण्डनमाको विस्तृत विवरण हेर्नका लागि यहाँ क्लीक गर्नुहोस्
बाँध मायालेको विस्तृत विवरण हेर्नका लागि यहाँ क्लीक गर्नुहोस्
धूम ३ को विस्तृत विवरण हेर्नका लागि यहाँ क्लीक गर्नुहोस्
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
