Mansara

फ्राइडे फिल्म : ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’

२०७५ फागुन १०
फ्राइडे फिल्म : ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’

आजबाट ३ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्रहरु ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’ले आजबाट प्रदर्शन आरम्भ गरेका हुन ।

गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण भएको चलचित्र हो ‘रुमालै छ चिनो’ । दिनेश सिंह ठकुरी निर्देशित यो चलचित्रमा सुशान्त कार्की,अप्सना थापा, किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको छ । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा चलचित्र आधारित छ । चलचित्रमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको लगानी रहेको छ ।

यस्तै अर्को चलचित्र ‘फिङ्गर प्रिन्ट’ सस्पेन्स थ्रिलर जनराको हो । नविन निरौला निर्देशित चलचित्रलाई अनिल श्रेष्ठ (रोमन)ले निर्माण गरेका हुन् । चलचित्रमा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै, मदन घिमिरे निर्देशित चलचित्र हो ‘ब्वाईफ्रेण्ड’ । कृष्ण खनालको निर्माण रहेको यो चलचित्रमा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र लभस्टोरी जनराको हो ।

Mahajatra