तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । कार्यशाला चलचित्र विकास बोर्डको सभा हलमा शुरु भएको हो ।
बिहिबार एक कार्यक्रमका बिच कार्यशाला शुरु गरिएको हो । उद्घाटन सत्रका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको छ । ४० चलचित्र पत्रकारहरु सहभागी रहेको कार्यशालामा फोटोग्राफी तथा भिडियोग्राफीका बिभिन्न बिधामा रहेर प्रशिक्षण दिइने जनाइएको छ । संघले बिषयगत रुपमा बिभिन्न प्रशिक्षकको ब्यबस्था समेत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, विशिष्ठ अतिथिमा वरिष्ठ पत्रकार तथा सिनेमाकर्मी दिनेश डिसी र अतिथिमा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नृत्यकार संघका अध्यक्ष जनक कार्की, द्धन्द्व निर्देशक संघका अध्यक्ष नारायण प्रधानलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष दयाराम दाहालले फोटोग्राफी तथा भिडियोग्राफीलाई अनुसाशित भएर सिक्न र सिकेको ज्ञानलाई आगामी दिनमा व्यवहारमा उर्तान अनुरोध गरे । कार्यशालामा बोल्दै संघका अध्यक्ष दिनेश सिटौलाले फोटो तथा भिडियोग्राफी तालिम पश्चात समाचार लेखन तथा समीक्षा सम्बन्धि तालिम आयोजना गर्ने तयारी भइरहेको जनाएका छन् ।
कार्यशाला शनिबार सम्म जारी रहने छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal