चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित

चलचित्र पत्रकार संघ नेपालको अध्यक्ष्मा समिर बलामी निर्वाचित भएका छन् । बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनबाट बलामी अध्यक्षमा विजयी भएका छन् । त्यस्तै, उपाध्यक्ष (संगठन)तर्फ विजय सुवेदी (आवाज), उपाध्यक्ष (कार्यक्रम)तर्फ कुबेर गिरी र उपाध्यक्ष महिलामा सुरक्षा भट्टराई विजयी भएका छन् ।
महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नविन गिरी, समावेशी सचिवमा उद्धव रसाइली र कोषाध्यक्षमा मनिष कार्की विजयी हुँदा सह(कोषाध्यक्षमा मनिष अन्जान दाहाल निर्विरोध निर्वाचित भए । समावेशी सदस्यमा महमद जलिम निर्विरोध निर्वाचित हुँदा महिला सदस्यमा सुष्माश्री कार्कीले ठूलो मतान्तरसहित विजयी हासिल गरिन् ।
यस्तै खुल्ला सदस्यतर्फ अनुप भट्टराई, अर्जुन गुरागाई, सुरेन्द्र थापा, निशा बजगाई, सिपी जैसी र कृष्ण पाण्डे विजयी भएका छन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal