चलचित्र पत्रकार संघको नीति तथा परामर्श भेला सम्पन्न, १२ बुँदे धुलिखेल घोषणापत्र जारी
चलचित्र पत्रकार संघ नेपालले १२ बुँदे ‘धुलिखेल घोषणापत्र’ सार्वजनिक गरेको छ । धुलिखेलस्थित इको रिसार्टमा आइतबार विहान आयोजना भएको ‘नीति तथा परामर्श भेला’मा सहभागी संघका पूर्व अध्यक्षहरु, विभिन्न समितिका संयोजक तथा सदस्यहरुबाट प्राप्त सल्लाह–सुझावअनुसार संघले १२ बुँदे घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा संघीय तथा प्रदेश सरकारले पत्रकारितासँग सम्बन्धित संघ–संस्थालाई हरेक वर्ष दिँदै आएको अनुदान रकम चलचित्र पत्रकार संघलाई पनि उपलब्ध गराउनुपर्ने, श्रमजीवी पत्रकार ऐनले तय गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने, चलचित्र पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्थाका लागि संघीय र प्रदेश सरकारसँग माग गर्ने लगायतको विषय समेटिएको छ ।
त्यस्तै, संघको विधानमा दुईजनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न पाउने प्रावधानअनुरुप धुलिखेलमा सम्पन्न पूर्ण बैठकले केन्द्रीय सदस्यमा ध्रुवराज न्यौपानेलाई मनोनित गरेको छ । उनी चलचित्र पत्रकार संघ दाङ शाखाका पूर्व अध्यक्ष समेत हुन् । नीति तथा परामर्श भेलामा संघका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारको क्षमता अभिवृद्धिका लागि नियमित कार्यशालाहरु गर्ने बताए ।
१२ बुँदे धुलिखेल घोषणा पत्र
१. संघीय र प्रदेश सरकारले पत्रकारितासँग सम्बन्धित संघ संस्थालाई हरेक वर्ष दिँदै आएको अनुदान रकम चलचित्र पत्रकार संघलाई प्राथमिकताका साथ उपलब्ध गराउन यो बैठक सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ ।
२. सरकारले निर्माण गरेको समावेशी सञ्चार नीति तत्काल कार्यान्वायन गर्न यो बैठक जोडदार माग गर्दछ । साथै, चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सरकारी निकायबाट विभिन्न कार्यक्रम आयोजना माग गर्दछ।
३. श्रमजीवी पत्रकार ऐनले पत्रकारका लागि तय गरेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न यो बैठक जोडदार माग गर्दछ।
४. विज्ञापन बोर्डले प्रदान गरिने समानुपातिक विज्ञापन प्रणाली कार्यान्वायनमा फितलो रहेको र पहुँच भएकाले मात्र पाउँदै आएकाले समावेशी रूपमा साना तथा मझौला मिडिया र स्वरोजगारमुखी मिडियालाई पनि वितरण गर्न यो बैठक माग गर्दछ । साथै कला, चलचित्र तथा मनोरञ्जन विधा केन्द्रित मिडियालाई पनि समावेशी प्रणालीमा विज्ञापन वितरण गर्न यो बैठक जोडदार माग गर्दछ ।
५. नेपाली चलचित्रलाई बजार प्रवर्धन गर्दै अन्तर्राष्ट्रियकरणका लागि चलचित्रसँग सम्बन्धित संघसंस्था, चलचित्र विकास बोर्ड र सम्बन्धित सरकारी निकायले चलचित्र पत्रकारसँग समन्वय र सहकार्य गरि कार्यक्रम व्यवस्थापन गर्न यो बैठक जोडदार माग गर्दछ ।
६. चलचित्र पत्रकारलाई दक्ष बनाउन पत्रकारमुखि विविध कार्याशाला तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नका लागि संंघीय सरकार, प्रदेश सरकार, चलचित्र विकास बोर्ड र नेपाल पत्रकार महासंघसँग यो बैठक जोडदार माग गर्दछ।
७. नेपाल सरकार एवं चलचित्र विकास बोर्ड र प्रेस काउन्सिल तथा नेपाल पत्रकार महासंघले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार तथा सम्मानमा चलचित्र पत्रकारलाई पनि समावेश गर्न यो बैठक जोडदार माग गर्दछ ।
८. चलचित्रसँग सम्बन्धित संघ संस्था तथा सरकारी निकायबाट हुने गरेका चलचित्रसम्बन्धी अनुगमन, मुल्यांकन तथा विदेश भ्रमण/अवलोकनजस्ता कार्यक्रममा चलचित्र पत्रकारलाई अनिवार्य सहभागि गराउन यो बैठक जोडदार माग गर्दछ।
९. चलचित्र पात्रकारको स्वास्थ्य र दुर्घटना विमाको व्यवस्थाका लागि संघिय सरकार र प्रदेश सकारसँग यो बैठक माग गर्दछ ।
१०. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल सरकार तथा सम्बद्ध निकायसँग माग गर्दछ।
११. नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धी र बजार व्यवस्थापनका लागि चलचित्र विकास बोर्डले तयार गरेको चलचित्र नीति तथा कार्यक्रमलाई यथाशक्य कार्यान्वयन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालय तथा संघिय सरकारसँग जोडदार माग गर्दछ ।
१२. नेपाली चलचित्रसँग सम्बन्धित पेसागत तथा व्यावसायिक संघसंस्था र चलचित्र पत्रकार संघ नेपालको आपसि सहकार्य र समन्वयका लागि यो बैठक माग गर्दछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
