चलचित्र पत्रकार संघ, दाङ अध्यक्षमा सन्तोष केसी
चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको अध्यक्षमा सन्तोष केसी निर्वाचित भएका छन् । आइतबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट आगामी ३ वर्षको लागि सन्तोष नर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै संघको उपाध्यक्षमा पुर्ण केसी, सचिवमा.निरला अर्याल, सह–सचिवमा.तीर्थराज चौधरी, कोषाध्यक्षमा.भुपेश ओली र सदस्यहरुमा आषिश के.सी., झग्गु भण्डारी, रमेश सुनार र एकराज भण्डारी निर्वाचित भएका छन् ।
दाङमा सम्पन्न अधिबेशनमा चलचित्र पत्रकार संघका पूर्व केन्द्रिय अध्यक्ष शान्तिप्रिय, केन्द्रिय संगठन उपाध्यक्ष कुबेर डंगोल, कलाकार रमित ढुङ्गाना, निर्देशक ऋषीराज आचार्यलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा केन्द्रिय उपाध्यक्ष डंगोलसहित बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
