‘चलचित्र पत्रकार संघ’ दाङ शाखाको अध्यक्षमा शिब

‘चलचित्र पत्रकार संघ’ दाङ शाखाको अध्यक्षमा शिब पुन निविरोध निर्वाचित भएका छन् । दाङमा सम्पन्न चौथो अधिबेशनबाट ३ वर्षे कार्यकालका लागि पुन अध्यक्षमा निबिरोध भएका हुन् । उनि यसअघि संघको कोषाध्यक्ष थिए ।
यस्तै संघको उपाध्यक्षमा सन्तोष केसी, सचिवमा पूर्ण केसी, सहसचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमामा तीर्थराज चौधरी, सदस्यमा भुपेश वली, मिना खड्का, राजेश खत्री र आशिष केसी सहितको नौं सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।
उक्त अवसरमा ११ हजार १ सय ११ रुपैयाँ राशीको ‘देवलोचन रंगपत्रकारिता पुरस्कार’बाट सन्तोष केसी पुरस्कृत भएका छन् । दाङ शाखो आफ्नो अधिबेशनको अवसरमा एकजना सक्रिय चलचित्र पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गेको छ । निवर्तमान अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष डा. अमर गिरी मुख्य अतिथि र संघका केन्द्रिय संगठन उपाध्यक्ष दिनेश सिटौला विशिष्ठ अतिथि रहेका थिए ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal