चलचित्र ‘फिरफिरे फिरिरी’को प्रदर्शन मिति हेरफेर

विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’को प्रदर्शन मिति प्रदर्शन मिति हेरफेर गरिएको छ । कार्तिक २२ गते सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी रहेको चलचित्रलाई प्राविधिक कारणले निर्धारित मितिमा प्रदर्शन गर्न असमर्थ रहेको ब्यहोरा निर्माण टिमले प्रेस विज्ञप्ति मार्फत गराएको छ । चलचित्रको नयाँ प्रदर्शन मिति २०८१ माघ ४ गतेलाई तय गरिएको छ ।
नविन भट्टको निर्देशनमा तयार भएको चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले चलचित्रको स्क्रिप्ट तयार पारेका हुन् ।
हरर कमेडी जनराको चलचित्रको निर्माता मनोज कुमार अधिकारी हुन् । उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए । नितिश पुन सह–निर्माता रहेको चलचित्रमा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ ।
Latest Updates
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
-
-
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi