Mansara

चलचित्र छायांकन गर्न सरकारको अनुमति

२०७७ पौष १

सरकारले शर्तसहित चलचित्र छायांकन गर्न अनुमति दिएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले बिगत ९ महिनादेखि चलचित्र क्षेत्र बन्द राखेको थियो ।

मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । तर, चलचित्र हल खुलाउने बारे निर्णय भएको छैन ।

मन्त्रालयले चलचित्रका गतिविधि सशर्त खुला गर्ने प्रस्ताव मन्त्री परिषद् लगेको र सोही अनुरुप छायांकन खुल्ला गर्ने निर्णय भएको सञ्चारमन्त्री पार्वत गुरुङले बताएका छन् । यद्यपी चलचित्र हलको छाता संस्था चलचित्र संघले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुला गर्ने घोषणा गरिसकेको अबस्थामा सरकार यसबारे अझै निर्णयमा पुगिसकेको छैन ।

सरकारले राखेको शर्त अनुसार चलचित्रको छायांकन गर्दा अब कास्ट एन्ड क्रिउले अनिवार्य कोभिड–१९ मापदण्ड पालना गर्नुपर्ने हुन्छ । सरकारले अनुमति नदिएपनि केहि चलचित्रहरु यसअघि नै छायांकन भइरहेका छन् ।

Mahajatra