एकवर्षभित्र चलचित्र ऐन लागू गर्ने संचारमन्त्री गुरुङको भनाई
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एकवर्षभित्र चलचित्र ऐन लागू गर्ने सरकारको तयारी रहेको बताएका छन् । बुधबार चलचित्र बिकास बोर्डमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले ऐनको मस्यौदा लेखन कार्य सकिएको जानकारी दिए । उनले संसद, कानून र प्रधानमन्त्रीको कार्यालयसँग समन्वय गरेर ऐन लागु गर्ने बताए ।
मन्त्री गुरुङले चलचित्रकर्मीलाई सरकारले चलचित्र विकास बोर्ड अन्तर्गत गर्नुपर्ने कामका लागि बिधागत सुझाव दिन आग्रह समेत गरेका छन् । उनले नेपाली चलचित्र बलिउडभन्दा अघि रहेको समेत उल्लेख गरे ।
चलचित्रकर्मीलाई बिशिष्ठ श्रेणीको परिचय पत्र प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
